ठोरी गाउँपालिका–१ सरस्वती चोकमा शनिबारदेखि हाटबजार सञ्चालनमा

ठोरी गाउँपालिका–१ सरस्वती चोकमा शनिबारदेखि हाटबजार सञ्चालनमा आएको छ । स्थानीय कृषि उपजहरुको बजारीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो हाटबजारको आज ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । स्थानीय स्तरमा उत्पादन भएका कृषिजन्य वस्तुहरु बिक्री वितरणमार्फत कृषकहरुलाई आत्मनिर्भर बनाउन हाटबजारले सघाउने गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाई थियो ।

हाटबजार सञ्चालनमा आएसंगै स्थानीय व्यावसायिक किसानहरु हर्षित भएका छन् । गाउँपालिकाको ८ लाख रुपैंयाँको आर्थिक लगानीमा हाटबजार सञ्चालनका लागि तीन ओटा जस्ताको छाना रहेको टहरा निर्माण गरिएका छन् । २२ ओटा स्टलबाट हाटबजार सञ्चालन गर्न सकिने क्षमता रहेका छन् । वडा नं. १ वडा कार्यालयद्वारा आयोजित उद्घाटन तथा दशैं शुभकामना आदानप्रदान कार्यक्रम वडाध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा सम्पन्न्न भएको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु