माडीमा पहिलाेपटक मेसिनको प्रयोग गरी धान रोपाईं

माडीको कान्तिपुरमा पहिलोपटक मेसिनको प्रयोग गरी धान रोपाईं गरिएको छ । माडी-८, कान्तिपुरस्थित सुर्योदय कृषि सहकारी संस्थाले सञ्चालन गरेको चक्लाबन्दीमा आधारित सामुहिक खेतीमा धान रोप्ने मेसिनको प्रयोग गरी रोपाईं गरिएको हो ।

बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभई मेसिनमार्फत रोपाईंको थालनी भएको हो । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित कृषि ज्ञान केन्द्र चितवनको आयोजना तथा माडी नगरपालिका र सुर्योदय कृषि सहकारी संस्था, कान्तिपुरको सहकार्यमा आयोजित १७ औं धान दिवस तथा रोपाई महोत्सव २०७७ को अवसरमा मन्त्री लामाले सो मेसिनको उद्घाटन गर्नुभएको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु