माडीबाट आज ५६ जनाको स्वाब संकलित

चितवन । माडीको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशन र कल्याणपुरस्थित जनकल्याण मा.वि. क्वारेन्टाइनबाट ५६ जनाको स्वाब संकलन गरिएको छ ।

माडी क्याम्पस आइसोलेशन केन्द्रमा उपचाररत कोरोना संक्रमितहरु तथा उनीहरुको उपचार र व्यवस्थापनमा संलग्न २२ जनाको पि.सि.आर. बिधीबाट स्वाब संकलन गरिएको हो । त्यसैगरी जनकल्याण माध्यमिक विद्यालय क्वारेन्टाइनभित्र राखिएका ७ महिलासहित २८ जना र क्वारेन्टाइनको व्यवस्थापनमा खटिएकाहरु गरी ३४ जनाको पनि स्वाब संकलन गरिएको माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

माडी नगरपालिका जनस्वास्थ्य शाखाले भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाको सहयोगमा सो आइसोलेशन र क्वारेन्टाइन सेन्टरमा स्वाब संलकन गरेको हो । हाल माडीको आइसोलेशन केन्द्रमा ११ जना कोरोना संक्रमितहरुको ‘क्लोज अब्जर्भेशन’मा राखी उपचार भइरहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु