अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा लागेको ताला खुल्याे

बाँदरझुला सुकुम्बासी संघर्ष समिति माडीले निकुञ्ज प्रशासनबिरुद्ध अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा लगाएको ताला खुलेको छ । संघर्ष समिति र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनबिच माडी नगरपालिकामा सम्पन्न वार्तामा मौखिक सहमती बनेसंगै आन्दोलनरत पक्षले ताला खोलेको हो ।

वार्तामा बाँदरझुलाभित्र बाटो बनाउन निकुञ्ज पक्षले अवरोध नगर्ने, खेतीपाती कार्यमा ट्रयाक्टर प्रयोग गर्न खुला गर्ने, माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा बसोबास गरिरहेका चेपाङ समुदायको आवास निर्माणमा निकुञ्जले गरेको अवरोध हट्ने, निर्माणाधीन नमुना चेपाङ बस्तीमा बाटो निर्माण कार्य पुरा गर्न दिइने लगायतको मौखिक सहमती भएको संघर्ष समितिका अध्यक्ष राजकुमार चेपाङले जानकारी दिनुभयो ।

सहमती अनुसार तत्कालै बाँदरझुलामा बाटो बनाउन तथा अरु रोकिएका योजनाहरुको काम सुरु गरिने जनाइएको छ । काम सुचारु गर्दा पुनः अवरोध आए माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिसंगै नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरी दोश्रो चरणको आन्दोलन अगाडि बढाउने बाँदरझुला सुकुम्बासी संघर्ष समितिले चेतावनी दिएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु