भाेेेेलि (आइतबार) औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्ने

भाेलि असार ७ गते (अाइतबार) औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण जहिले पनि दिनमा मात्र लाग्छ, रातको समयमा लाग्दैन । सूर्यमा लाग्ने ग्रहण सबै देश अनुसारको समय फरक हुने भए पनि नेपालमा असार ७ गते बिहान १०ः५० देखि सुरु हुने देखिन्छ । ग्रहणको मध्य समय मध्यान्ह १२ः३८ बजे हुनेछ । र ग्रहण मोक्ष अर्थात् ग्रहण दिउँसो २ः२३ हुनेछ ।

यसरी नेपालमा आइतबार लाग्ने खण्डग्रास सूर्य ग्रहण ३ घण्टा ३३ मिनेटको हुनेछ । ग्रहणको समयमा नकारात्मक विकिरणहरुको प्रवाह बढी हुने भएकाले यस समयलाई सूतक लाग्ने समयको रुपमा मान्ने शास्त्रहरुको प्रमाण छ । सूर्य ग्रहणमा ४ प्रहर ( १२ घण्टा ) र चन्द्र्रग्रहणको समयमा ३ प्रहर ( ९ घण्टा ) अगाडि नै सूतक लाग्ने गर्दछ । यसकारण ७ गते लाग्ने खण्डग्रास सूर्य ग्रहणको सूतक समय ६ गते राति १०ः५० बजेदेखि नै शुरु हुने भएकाले ६ गते राति १०ः५० देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ ।

नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो वर्ष नेपालबाट अरु कुनै पनि ग्रहण देखिने छैनन् । यो खण्डग्रास सूर्य ग्रहण नेपालबाट मात्र नभइ विश्वका अन्य देशहरुबाट पनि देख्न सकिन्छ । यस ग्रहणलाइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भूटान, चीन, म्यान्मार, अफगानिस्तान, अफ्रिका, अष्ट्रेलिया, अमेरिकाका केही भूभाग, अन्टार्टिका साउदी अरब, कङ्गो, इथोपिया लगायत युरोप, एशिया महाद्विपका विभिन्न देशहरुबाट समेत देख्न सकिन्छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु