लकडाउनकै बिच माडी ५ ब्रह्मपुरीमा शिवालय मन्दिर निर्माण कार्यमा तिब्रता

माडी नगरपालिका ५ ब्रह्मपुरीमा युवा तथा सामाजिक अगुवाहरूको सक्रियतामा सुरू भएको शिवालय मन्दिर निर्माण कार्यले तिब्रता पाएको छ ।

गत फागुन ३० गते शिलान्यास भई निर्माण सुरू गरिएको शिवालय मन्दिर तथा विश्वकर्मा सामाजिक भवनलाई सहयोग गर्ने सहयोगदाताहरू बढेसंगै निर्माण कार्यले तिब्रता पाएको हो । शिवालय मन्दिर तथा सामाजिक भवनको लागि हालसम्म करिब २ लाख २६ हजार बढी सहयोग रकम जुटेको र स्वदेश तथा प्रवासबाट सहयोग आउने क्रम जारी रहेको शिवालय मन्दिर तथा विश्वकर्मा सामाजिक भवन निर्माण समितिले जनाएको छ ।

५ हजार भन्दा धेरै सहयोग गर्ने सहयोग दाताको नाम शिलालेखमा राखिने र मन्दिर समुद्घाटनको दिन विशेष सम्मान गरिने जनाईएको छ । आफ्नो धर्म, संस्कृति, परम्परा तथा रितिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यका सुरूवात गरिएको सो मन्दिर निर्माण कार्य सम्पन्न गर्नको लागि आर्थिक तथा भौतिक सहयोगमा जुट्न सम्बन्धित सबैमा समितिले आग्रह समेत गरेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु