भारतका विभिन्न शहरहरुबाट माडी आइपुगेका २२ जना क्वारेन्टाइनमा

भारतका विभिन्न शहरहरुबाट माडी आइपुगेका २२ जना यात्रीहरूलाई माडी क्याम्पसको भवनमा सुरक्षित तवरबाट क्वारेन्टाइनमा राखिएको छ ।

माडीका विभिन्न गाउँहरुबाट रोजगारीका लागि भारतको मुम्बई, दिल्ली लगायतका शहरहरुमा रहेका माडीबासीहरु कोरोनाको त्रास बढ्दै जाँदा स्वदेश फर्किने क्रममा आज माडी आइपुगेका हुन् । ठोरीबाट माडी आउने बस सेवा बन्द रहेको अवस्थाका कारण उनीहरु चौतारा बजारबाट पैदल हिँडेर बाँदरझुला, कुसुमखोला हुँदै बगहीँ आइपुगेका थिए । उनीहरुलाई बगहीँमा कोरोना चेकप्वाइन्टका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले स्वास्थ्य परीक्षण गरेकोमा कुनै समस्या नदेखिएपनि नेपाल सरकारको नीति अनुरुप उनीहरुलाई सुरक्षित तवरबाट क्वारेन्टाइनमा राखिएको हो ।

नेपाल प्रहरीको एक टोलीले स्कर्टिङ गरी उनीहरुलाई क्याम्पस भवनमा ल्याइका हुन् । नेपाल तथा भारतका विभिन्न ११ स्थानमा आफूहरुको स्वास्थ्य परीक्षण गरिएपनि कसैलाई केहि भएको नदेखिएको यात्रीहरुले बताएका छन् । बघौंडा अस्पतालबाट नजिकै रहेकाले आवश्यक स्वास्थ्य सेवा दिन सहज रहेको, राम्ररी कम्पाउण्ड भएको तथा अस्थायी कोरोना आइसोलेशन वार्डको छेउमै रहेकाले माडी क्याम्पसलाई अस्थायी क्वारेन्टाइन बनाइएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु