माडी न.पा ले नगरबासीका लागि रु ५/५ लाखको निःशुल्क दुर्घटना बीमा गर्ने

माडी नगरपालिकाले सम्पूर्ण नगरबासीका लागि रु पाँच/पाँच लाखको निःशुल्क दुर्घटना बीमा कार्यक्रम लागु गर्न लागेकाे छ । माडीमा जङ्गली जनावरको आक्रमण, बाढी र सडक दुर्घटना लगायतका घटनामा परी बर्षेनी मानवीय हताहती बढ्न थालेसंगै शिखर इन्स्योरेन्समार्फत माडी नगरपालिकाले सम्पूर्ण नगरबासीहरूकाे दुर्घटना बीमा गरिदिन लागेको हो । माडी नगरपालिका र शिखर इन्स्योरेन्सबीच बीमा सम्झौताको कार्यबिधी तयार भएको भन्दै माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले विभिन्न दुर्घटनामा मृत्यु भएका माडीको नागरिकता भएका र यहाँ बसोबास गरेका नागरिकले बीमा रकमको रु पाँच लाख पाउने जनाउनुभयो ।

त्यसैगरी बन्यजन्तुका कारण माडीमा कृषि बालीमा क्षति बढिरहेकोमा त्यसबापत क्षतीपूर्ती व्यवस्था गर्न नगरपालिकाले बाली बीमाको कार्यक्रम समेत अगाडी सारेको छ । यसमा चितवन राष्ट्रिय निकुञ्ज समेतको लागत सहभागिता रहने अपेक्षा रहेको नगरपालिकाले जनाएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु