माडी न.पा द्धारा न्यायिक समिती र मेलमिलाप कर्ताहरुका लागि आधारभुत तालिम सञ्चालन

स्थानीय तहको सरकार सञ्चालन अन्तरगत न्यायिक क्षेत्रको काम प्रभावकारी बनाउन शनिबार माडी नगरपालिकाले न्यायिक समिती र मेलमिलाप कर्ताहरुकालागि आधारभुत तालिम सञ्चालन गरेको छ । मंसिर १ गते शनिबार सुरुवात भई आठ दिनसम्म सञ्चालन हुने सो तालिमका सहभागीहरुले स्थानीय तहको न्यायिक निरुपण तथा सामुदायिक मेलमिलापका शीपहरुसंगै अन्य न्यायिक प्रक्रियाहरुबारे प्रशिक्षण गर्ने छन् । सहभागीहरुलाई जिल्ला अदालत भरतपुरका श्रेष्तेदार गेहेन्द्रराज पन्तले प्रशिक्षण दिने जनाइएको छ । मध्यपूर्वी माडीको शिवद्धारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा जारी सो तालिममा माडी नगर न्यायिक समिति र सामुदायिक मेलमिलाप सहजकर्ताहरुको सहभागिता रहेको छ ।

तालिमको पहिलो दिन शनिबार संक्षिप्त कार्यक्रमबिच तालिमको उद्घाटन गरिएको छ । माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष तथा प्रवक्ता शिवहरि सुवेदीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रमको प्रमुख अतिथि भने नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । देशभर स्थानीय निकाय अन्तरगतको न्यायिक अंगको प्रमुखका रुपमा नगर उपप्रमुख वा गाउँपालिकाका उपाध्यक्ष रहने प्रावधान रहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु