जंगली हात्तीको आक्रमणबाट पूर्वी चितवमा एक युवाको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजना युवाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीका सागर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शुक्रबार राती देउसी खेल्न गएका २३ बर्ष राईलाई हात्तीले आज शनिबार बिहान २ बजेको समयमा लखेटेर दाह्राले हान्दा उहाँको मृत्यु हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

विगत एक महिनायता राप्ती नगरपालिकामा जंगली हात्तीले स्थानीयको खेतबारीमा क्षति गर्ने र घर भत्काउने कार्य गर्दै आएको छ । सो क्षेत्रमा स्थानीय हात्ती आतंकका कारण पीडित बनेका छन् । माडी र ठोरी क्षेत्रसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लने जंगली जनावरहरुले राप्ती पारीका क्षेत्रहरुमा पनि जनधनको क्षती गर्ने गरेको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु