नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडीको नगरस्तरीय कार्यसमिति गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडीको नगरस्तरीय कार्यसमिति गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारदमणी पौडेलको अध्यक्षता तथा साविक कमिटिका इञ्चार्जद्वय सुमन शर्मा बराल र प्रेम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न भेलाबाट नेकपाको ९ सदस्यीय माडी नगर कार्यालय गठन भएको हो ।

नवगठित कार्यसमितिमा पूर्व नेकपा एमालेका तर्फबाट नारदमणी पौडेल, रेशमलाल आचार्य, नारायण अधिकारी र रामेश्वर चौधरी तथा पूर्व माओवादी केन्द्रबाट दण्डपाणी पौडेल, नारायणदत्त बासु सापकोटा, केदार अधिकारी, प्रभु महतो र ऋषि काफ्ले रहनुभएको छ । आजको भेलाले आउँदो २५ र २६ गते माडी नगरपालिकाका वडास्तरीय समितिहरु गठन गर्ने तथा नगर कार्यालय बसन्तपुर बजारमा स्थापना गर्नेसमेत निर्णय गरेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु