माडी आयुर्वेद औषधालयले कार्तिक २८ गतेदेखि ‘स्नेहन स्वेदन’ कार्यक्रम सुचारु गर्ने

माडी आयुर्वेद औषधालयले आउँदो कार्तिक २८ गतेदेखि ‘स्नेहन स्वेदन’ कार्यक्रम सुचारु गर्न लागेको छ । मसाज, मालिस र वाफमार्फत पसिना निकाली उपचार हुने स्नेहन स्वेदन कार्यक्रम गतबर्षदेखि लागु भएकोमा बिचमा रोकिएको थियो । मुख्यतः वाथका रोगीहरुलाई फाइदाजनक मानिने माडी नगरपालिकाका आयुर्वेद नीरिक्षक रविशंकर शाहले जानकारी दिनुभयो ।

औषधालयमा प्रायः माडीका पूर्वी क्षेत्रका गाउँहरुबाट बिरामीहरु पुग्ने गरेका छन् । विगतमा २ जनाको दरबन्दीमा चलेको सो औषधालयमा हाल थप दरबन्दीसहित सेवा सञ्चालन जारी रहेको छ । औषधालय परिसरमा विभिन्न जातका जडिबुटीका रुखबिरुवाहरु समेत लगाइएका छन् । तर जडुबुटीहरु पिँध्ने मेसिनको अभावमा आयुर्वेदिक औषधीहरु भने तयार गर्न नसकिएको औषधालयका निमित्त प्रमुख डा. हिमालय कुमार श्रेष्ठले जनाउनुभयो । आउँदा दिनमा पञ्चकर्म उपचार विधी धप गरी सेवा बिस्तार गर्दै लगिने उहाँको भनाई छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु