माडी स्पीकिङ आइडल अन्तरगतकाे तालिम बुधबार सम्पन्न

सहयोगी समाज नेपाल, लक्ष्मीनिवासको आयोजनामा सञ्चालित माडी स्पीकिङ आइडल अन्तरगत बुधबार तालिम सम्पन्न भएको छ । माडीभरबाट छानिएका कुल ९१ जना सहभागीहरुलाई आज माडी नगरपालिकाको सभाहलमा तालिम दिइएको हो । विद्यार्थीहरुबिच वक्तृत्व, अभिव्यक्तिकला र नेतृत्व क्षमताको विकासका लागि माडी स्पीकिङ आइडल प्रतियोगिता सञ्चालन गरिएको हो ।

अबको कार्यक्रमहरु अन्तगरत तिहार लगत्तै बालबालिकाको व्यक्तित्व विकासमा नैतिक शिक्षाको आवश्यकता बिषयक वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने र त्यसबाट ३० जना प्रतियोगीहरु छनौट गरिने जनाइएको छ । अन्तिम छनौटमा परेका ३० जनाबाट खुला कार्यक्रममार्फत विजेता छुट्याइने कार्यक्रम संयोजक युवराज घिमिरेले जानकारी दिनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु