नेपाल विद्युत प्राधिकरणले माडी–२ का लागि ट्रान्सफर्मर र च्यानल लगायतका बिद्युतीय सामानहरु पठायाे

नेपाल विद्युत प्राधिकरणले साेमबार माडी नगरपालिका वडा नं. २ का लागि ट्रान्सफर्मर र च्यानल लगायतका बिद्युतीय सामानहरु पठाएको छ । यसअघि १०० वटा पोलहरु झारिएकोमा साेमबार थप विद्युतीय सामानहरु आएसंगै तिहार अगावै वडा नं. २ का भैरवपुर र सितलपुर क्षेत्रमा बिजुली बाल्ने योजना रहेको नेपाल विद्युत प्राधिकरण भरतपुरका प्रमुख शुरेस कुमार महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

वडा नं. २ का लागि झारिएको १०० वटा विद्युतीय पोलहरु मध्ये ३५ वटा पोल सितलपुरका लागि तथा बाँकी ६५ वटा पोल भैरवपुर क्षेत्रका लागि वर्गिकरण गरिएको वडा नं. २ का वडाध्यक्ष ईश्वरी ढकालको भनाई छ । वडा नं. २ का बाँकी क्षेत्रहरुमा बिजुली बिस्तारका लागि नगरपालिका र वडा कार्यालयले पहलकदमी जारी राखिएको जनाएको थियो । त्यसैगरी भैरवपुर क्षेत्रमा बिजुली बिस्तारका लागि सो गाउँका युवाहरुले समेत दबाब समूह गठन गरी विद्युत प्राधिकरणमा पटक पटक डेलिगेसन गरेका थिए । देबकान्त काफ्लेको संयोजकत्वमा एक नारायण काफ्ले, रमेश न्योपाने, कृष्ण भट्टराई, कृष्ण खनाल, दिपक वोट, इन्द्र न्यौपाने र मोहन पोख्रेल सम्मिलित गाउँस्तरीय बिजुली दबाब समूहले सरोकारवाला निकायहरुमा डेलिगेसन गरेको समूहका सदस्य एक नारायण काफ्लेले जनाउनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु