माडीको बनकट्टादेखि बगही तथा विभिन्न वडाहरुमा बृहत सरसफाई कार्यक्रम गरियाे

माडीको बनकट्टादेखि बगहीँसम्मकाे मुलसडक तथा माडीका विभिन्न वडाहरुमा शनिबार बृहत सरसफाई कार्यक्रम गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध युवाहरुको संगठन युवा संघ र वाई.सि.एल. नेपालको आह्वान तथा माडीका विभिन्न वडाका टोलसुधार समिति, महिला समुह लगायतको सहभागितामा सामुहिक रुपमा बृहत सरसफाई कार्यक्रम गरिएको हो । अभियान अन्तरगत बनकट्टादेखि बगहीँसम्मको २४ किलोमिटर सडक खण्डको मुलसडक सरसफाई र सडक छेउछाउ रहेका झाडी फाँड्ने काम गरिएकाे थियाे भने माडीका विभिन्न वडामा समेत स्थानियहरुको सक्रियतामा गाउँँ सरसफाई सम्पन्न गरिएको छ ।

अभियानको व्यवस्थापनका लागि माडीभर १५ वटा केन्द्र तोकिएको थियो । केन्द्रहरुमा बनकट्टा, गर्दी, चितई खेला, सिधुवा, बघौंडाचोक, कल्याणपुर पाण्डवचोक, पतरेखोला, जीवनपुर, घाँघर खोला, टम्टा, कृष्णनगर र बगहीँ रहेका थिए । आफूलाई पायक पर्ने केन्द्रमा बिहान ७ बजे भेला भई सामुहिक सरसफाईमा सरिक हुन दुबै संगठनले आह्वान गरेका थिए ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु