माडीमा बाघ गैंडा समन्वय समितिको त्रैमासिक बैठक सम्पन्न

‘संरक्षणको भाव आफैमा जगाऔं’ भन्ने नारासहित मंगलबार बाघ गैंडा समन्वय समितिको त्रैमासिक बैठक सम्पन्न भएको छ । रेवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी उपत्यकाका १० वटै मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह, ४ वटै मध्यवर्ती उपभोक्ता समिति, चितवन राष्ट्रिय निकुञ्ज र तराई भू–परिधि कार्यक्रम (ताल) का प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा माडीमा क्रियाशील १५ जना बन हेरालुहरुलाई बन संरक्षणको एण्ड्रोइड एप्स जडान गरी मोबाइल तथा खाजा खर्चबापत प्रतिव्यति १८ सय रुपैंयाको दरले रकम वितरण गरिएको थियो । साथै विजया दशमी तथा शुभ दीपावलीको अवसर पारी शुभकामना आदानप्रदान समेत भएको थियो । तराई भू–परिधी कार्यक्रम (ताल) को सहयोगमा आयोजित सो कार्यक्रम रेवा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा समितिको कीर्तनपुरस्थित सभाहलमा सम्पन्न भएको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु