माडी देबेन्द्रपुरमा सामाजिक संस्था देवेन्द्रपुर युवा क्लब गठन

माडी नगरपालिका वडा नं ७, देबेन्द्रपुरमा नयाँ सामाजिक संस्थाका रुपमा देवेन्द्रपुर युवा क्लब गठन भएको छ । वडा सदस्य जगन्नाथ लामिछानेको अध्यक्षतामा बसेको बैठकले क्लबको अध्यक्षमा नबिन अधिकारीलाई चयन गरेको छ भने उपाध्यक्षमा सन्दिप सापकोटा, सचिवमा रमेश भुजेल, कोषाध्यक्षमा लक्ष्मि पौडेल लगायत गरी १७ सदस्यीय मुल कार्यसमिति गठन गरेको हो ।

क्लबलाई माडी नगरपालिकामा दर्ता गरी खेलकुद बिकासका साथै सामाजिक क्रियाकलापमा सक्रियता देखाउने निर्णय गरिएको नवगठित क्लबका अध्यक्ष नबिन अधिकारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु