सामुदायिक बन उपभोक्ता समूहहरूलाई दीगो व्यवस्थापनको तालिम सुरू

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक बन उपभोक्ता समूहहरुलाई दीगो व्यवस्थापनको तीनदिने तालिम आजदेखि सुरुवात भएको छ ।

मध्यपूर्वी माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा सञ्चालन भइरहेको सो तालिम कार्यक्रममा माडी क्षेत्रका सम्पूर्ण सामुदायिक बन उपभोक्ता समूहहरुसंगै ठोरी र पश्चिमी चितवनमा रहेका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका सामुदायिक बन समूहका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको छ । सहभागीहरुले सामुदायिक बनको दीगो व्यवस्थापन र जैविक विविधता संरक्षणका बिषयमा प्रशिक्षणात्मक कार्यशाला सञ्चालन गर्ने जनाइएको छ ।

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न सो तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी रहनुभएको थियो । कार्यक्रममा, निकुञ्जको बगहीँ ठोरी सेक्टरका प्रमुख समेत रहनुभएका सहायक संरक्षण अधिकृत रमेश कुमार यादव, रेञ्जर बसन्त देवकोटा, रेञ्जर शुशिल झा, तराई भू–परिधि कार्यक्रम (ताल)का उपप्रमुख तिलक ढकाल र फिल्ड स्टाफ युवराज घताने लगायतको उपस्थिति रहेको थियो । तालिमको पहिलो दिन आज तिलक ढकाल, बसन्त देवकोटा, श्रीकृष्ण चौधरी, युवराज घताने लगायतले सहभागीहरुलाई प्रशिक्षणात्कम कार्यशाला सञ्चालन गर्नुभएको थियो । तालिम अझै दुई दिनसम्म जारी रहनेछ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु